समाचार

विराटनगरमा युवतीको विभत्स हत्या, शव भेटियो

विराटनगर । विराटनगरमा एक युवतीको विभत्स तवरले हत्या भएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीका अनुसार मगलबारबाट वेपत्ता भएकी सुनसरी, दुहबी नगरपालिका– ६ काली मन्दिरकी ३२ वर्षीया सम्झना खत्री परियारको हत्या भएको अवस्थामा विराटनगरमा शव फेला परेको हो ।

उनको शव शुक्रबार बिहान विराटनगर– १२ रिङरोड नजिकै उखुबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनी वेपत्ता भएको खबर प्राप्त भएसँगै प्रहरीले खोजी तिब्र बनाएको थिया । त

र, शुक्रबार बखरीको मलहनवास्थित उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्र

हरीका अनुसार घटना स्थलमा अन्यत्रै कतै हत्या गरी शव फालेको भेटिएको छ ।

प्रहरीका अनुसार घाँटी रेटिएको, शव नजिकै सुरुवाल रहेको पाइएको छ ।

हत्या बिहीबार राती भएको प्रहरीको अनुमान छ । मोटरसाइकलमा राखेर उखुबारीसम्म ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

मृतकमा श्रीमान इलाममा टेलरिङको काम गर्दै आएको प्रहरीले उल्लेख गरेको छ ।

सम्झना आफ्ना दुई छोरीको साथमा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार घटना रहस्यमय छ । थप अनुसन्धानका लागि दक्ष टोली खटिएको बताइएको छ ।