विश्व

ट्रम्पले भने : अलकायदाका अरेवियन प्रायदिप प्रमुख मारिए

File Photo : (AP Photo/Evan Vucci)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल कायदाका अरेवियन प्रायद्विपका प्रमुख कासिम अल रेमी मारिएको दावि गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले उनलाई मारेको बताएका हुन् ।

यद्दपी यस घटनाबारे पूर्ण रुपमा भने कुनै जानकारी बाहिर आएको छैन । राष्ट्रपति ट्रम्पले समेत कुनै तथ्य खुलाएका छैनन् ।

उनी, कहिले र कसरी मारिएको भन्ने बारे खुलाइएको छैन । ह्वाईट हाउसद्धारा जारी वक्तब्यअनुसार कासिमले यमनका नागरिकमाथि हिंसा गरेको तथा अमेरिका र सेनामाथि पटकपटक आक्रमण गर्ने गरेको उल्लेख छ ।

गत २४ जनवरीमा अमेरिकाले रेमीलाई मार्न ड्रोन प्रक्षेपण गरेको समाचार सार्वजनिक भएको थियो । तर, सो काम सफल भयो या भएन भन्नेबारे भने पुष्टी भइसकेको थिएन् ।

रेमी सन् १९९० मा अफगानिस्तानबाट लडाकु अभ्यास सकेर यमन फर्किएको अमेरिकाले दावि गरेको छ ।

यमन फर्किएपछि उनी जेल परेका थिए । रेमी सन् २००६ मा कारागारबाट भाग्न सफल भएका थिए ।

त्यसपछि उनले अलकायदालाई अरबियन प्रायद्विपमा स्थापना गरी सक्रिय भएका हुन् । यमनमा जारी द्धन्द्धमा हजारौं मानिसले ज्यान गुमाइसकेका छन् ।
एजेन्सी