स्वास्थ्य

घर फर्किएका नेपालीमा बर्सियो खुसी, सरकारको तारिफ

काठमाडौं । नेपाल सरकारले चीनबाट १७५जना नेपालीलाई आइतबार बिहान काठमाडौं अवतरण गरायो ।

उनिहरु चीनको वुहान र यस आसपासका शहरमा बसोबास गर्ने नेपाली हुन् ।

वुहान कोरोना भाइरस उत्पत्ति भएको शहर हो । यहाँ मात्र करिब १ हजार मानिसको ज्यान गइसकेको छ ।

एक हिसावले हेर्दा काल कोठरी सरह बनेको शहरको एक कोठामा थुनिएर बसेका नेपाली एक्कासि काठमाडौंको बिहानी चिसो हावामा पाउँदा फुरुङ्ग देखिए ।

विमानस्थलमा उनिहरुको व्यवस्थापनमा खटिएका एक कर्मचारीका अनुसार विमानस्थल झर्दा सबै नेपाली खुसिले हर्ष बिभोर देखिन्थे ।

सबै नेपालीले सरकारलाई “थ्याङ्क्यु” भनेका थिए ।

उनिहरुले खटिएका सबै टिम मेम्बरलाई समेत धन्यवाद दिए ।

काठमाडौं अवतरण पछि १७५ जनालाइ नै खरिपाटी स्थित क्वारेन्टाइनमा राखिएको छ ।

त्यहा सरकारले गरेको सेवा सुबिधाबाट समेत चीनबाट फर्किएका नेपाली सन्तुष्ट बनेका छन ।

१५ सय भन्दा बढिको ज्यान जाने गरि फैलिएको कोरोनाबाट विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

नेपालमा १ जनामा मात्र यो रोगको सङ्क्रमण भेटीएको थियो । तर, उनि पनि निको भइ घर फिर्ता भइसकेका छ ।