विज्ञान प्रविधि

आजबाट उड्दैछ क्वारेन्टाइनमा राखिएको नेपाल एयरलाइन्सको जहाज

काठमाडौं । चीनबाट नेपाली विद्यार्थी लिएर आएको नेपाल एरलाइन्सको वाइडबडी जहाज आजबाट नियमित उडानमा प्रयोग गरिदैछ । ४८ घण्टाको क्वारेन्टाइन अवधी पुरा भएसँगै यो जहाज नियमित उडानमा जान लागेको हो ।

चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज विमानस्थलको रिमोट पार्किंग स्थलमा क्वारेन्टानमा राखिएको थियो ।

जहाज मंगलबार राति ९ बजेर ५० मिनेटमा दोहाका लागि उड्दैछ ।

कोराना भाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएपछि जहाजलाई पनि ४८ घन्टा क्वारेन्टाइनमा राख्ने प्रावधान अनुसार जहाज नियमित उडानमा थिएन ।

जहाजमा आज दिउँसो पुरे सरसफाई र पुनः मेडिकल ट्रिटमेन्टसमेत हुनेछ । त्यसपछि जहाज नियमित उडानमा प्रयोग योग्य हुनेछ । जहाजमा आएका मानिसहरु भने दुई साता क्वारेन्टाइनमा बस्नुपर्छ ।