विश्व

अफगानिस्तानमा युद्ध बिराम गर्ने सहमती

काठमाडौं । अमेरिका र तालिवानबीच अफगानिस्तानमा युद्धबिराम गर्ने सहमति भएको छ । अमेरीकी विदेश मन्त्री माइक पम्पियोले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार अफगानिस्तानमा शान्ती बहाली गर्न अमेरिका र तालीवानबीच २९ फेब्रुअरीमा सम्झौताको तयारी भइरहेको छ । अमेरीकी विदेश मन्त्रीले साउदी अरवको भ्रमणका दौरान यस्तो जानकारी गराएका हुन् ।

यता तालिबानका प्रवक्ताले अमेरीका र तालिबानबीच हुने समझौता अंतरराष्ट्रीय पर्यवेक्षको उपस्थितिमा हुने पुष्टी गरेका छन् ।

यसअघि अमेरिकी र तालीवानका वार्ताकारहरुबीचमा पटक पटक वार्ता भइसकेको छ ।

सोही वार्ताले युद्ध रोकेर शान्ती बाहली गर्ने सहमति नजिक पुर्याएको हो ।

यसले विगत १८ वर्षदेखि अफगानिस्थानमा जारी हिंसात्मक द्धन्द्धमा कमी आई शान्ती बाहलीको वातावरण बन्ने विश्वास लिइएको छ ।

सम्झौतापछि अफगानिस्तान सरकार र तालिबानबीच औपचारिक रुपमा वार्ताको ढोका खुल्ने भएको छ ।

तालीबानसँग वार्ता भइरहेको समयमा इस्लामिक स्टेटसहित अन्य हिंसात्मक समूहसँग भने सैन्य कारवाही जारी रहने अफगानिस्तानका सुरक्षा काउन्सिल प्रवक्ताले स्पष्ट पारेका छन् ।

एजेन्सी