विज्ञान प्रविधि

दैलेखमा पेट्रोलियम अन्वेषण सकियो, के आयो नतिजा ?

दैलेख । लामो समयदेखि चर्चामा रहेको दैलेखस्थित पेट्रोलियम अन्वेषणको पहिलो चरणको काम सम्पन्न भएको छ ।

अघिल्लो कात्तिकदेखि सुरु भएको पेट्रोलियम पदार्थ अन्वेषणको पहिलो चरणको काम सकिएको हो । साइस्मिक सर्भेअन्तर्गतको काम सकिएको आयोजनाले जनाएको छ ।

जिल्लाको नाबिस्थान, शिरिस्थान, पादुकालगायत क्षेत्रमा आधार मानेर ४०० वर्ग किलोमिटर क्षेत्रमा २०० किलोमिटर साइस्मिक सर्भे गरिएको थियो ।

खानी तथा भूगर्भ विभागका अनुसार म्याक्टो टेल्युरिक जिओ लोजिकल सर्भे जियोक्यामिकल स्याम्पलिङ सर्भे साइस्मिक सर्भे गरि सम्भाब्यता अध्ययन भएको हो ।

साइस्मिक सर्भेमा १० वटा लाइनमध्ये तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर–दक्षिण दिशामा खनिएको थियो ।

चीनको प्राविधिक टोलीले अन्वेषणको काम पुरा गरेको हो । प्राविधिक टोलीले सर्भेबाट संकलन गरिएका तथ्यांक चीनमा गएर अध्ययन गर्नेछ ।

त्यसपछि मात्र थप अध्ययनको काम अगाडी बढ्ने भएको छ । सम्भाबना देखिएमा त्यसपछि मात्र उत्खनन्को काम अगाडी बढ्ने भएको छ ।

दैलेखमा निरन्तर प्राकृतिक ज्वाला बलिरहने भएपछि त्यहाँ पेट्रोलियम पदार्थको सम्भावना देखिएको हो ।