विश्व

एमसिसीबाट श्रीलंका पछि हट्यो

कोलम्बो । श्रीलंका सरकार अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबाट पछि हटेको छ । यससँगै दुई मुलुकबीच औपचारिक हस्ताक्षर हुन सकेन् ।

हस्ताक्षर गर्न श्रीलंकाली सरकारले अस्वीकार गरिदिएको छ ।

श्रीलंकाली मन्त्रिपरिषद्ले सम्झौताका केही विषयमा थप छलफलको आवश्यकता औल्याउँदै तत्काल हस्ताक्षर नगर्ने निर्णयमा पुगेको श्रीलंकन मन्त्रिपरिषदका सहप्रवक्ता बन्डला गुरूवर्दनेलार्ए उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

श्रीलंकाले एमसिसीबारे पुनरावलोकन गर्न समिति बनाएरै अध्ययन गरेको थियो । समितिले प्रतिवेदन बिहीबार प्रधानमन्त्री महिन्द्रा राजापाक्षेलाई बुझाएको हो ।

प्रतिवेदनमा एमसिसीका प्रावधानले श्रीलंकाको संविधान र राष्ट्रिय सुरक्षामा हानी गर्ने किसिमको रहेको भन्दै त्यसमा संशोधनको सुझाव दिइएको छ ।

प्रतिवेदनले दिएका सुझावका आधारमा मन्त्रीपरिषद् तत्कालका लागि सम्झौताबाट पछि हटेको हो । यद्दपी अमेरिकासँग झै वार्ता गर्न भने श्रीलंका सरकार तयार रहेको बताइएको छ।