स्वास्थ्य

चीनलाई नेपालको सान्त्वना

काठमाडौं । नेपालले चीनलाई विपदको घडीमा नेपाल चीनको साथमा रहेको आश्वासन दिएको छ । गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई नेपालले आफ्नो बलियो साथ रहेको बताएको छ ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच सोमबार टेलिफोन वार्ता भएको छ । वार्तामा मन्त्री ज्ञवालीले विपद्को घडीमा नेपाल चीनको साथमा रहेको आश्वासन दिएका थिए ।

परराष्ट्र मन्त्रालयले दुई विदेश मन्त्रीबीच टेलिफोन वार्ता भएको जानकारी गराएको छ ।

वार्तामा मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्ध लडिरहेको छिमेकी चीनलाई नेपालको बलियो साथ रहेको उल्लेख गरेका छन् ।

मन्त्रालयका अनुसार त्यसक्रममा विदेमन्त्री वाङ यीले एक साताअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले समेत प्रधानमन्त्री ओलीलाई एक सन्देश पठाएर स्वास्थ्य लाभको कामना गरेका थिए।

कोरोनासँग लडिरहेको चीनलाई नेपालले उच्च नैतिक समर्थन गरेको छ । किनकी चीनमा ठूलो संक्रमण फैलादासम्म नेपालले चिनियाँ प्रणालीलाई विश्वास गरेको छ ।

सोहीकारण चिनियाँ जहाज निर्वाध नेपाल आउन पाइरहेका छन् । चिनियाँ नागरिकलाई समेत नेपाल प्रवेशमा कडाई छैन ।

यद्दपी रोगको शंका लागेका हरेक व्यक्तिलाई चीन आफैले अन्य देशमा जान दिएको छैन ।