समाचार

समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

बिगत ४ महिनादेखि बन्द गरिएको भेनेजुएला र कोलम्बियाको सिमाना हिजो शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले पुन: खोलेपछी हजारौको संख्यामा मानिसहरु कोलम्बिया प्रबेश गरेका छन् । उनिहरु खाना औषधी लगायतका अत्यावस्यक सामग्री लिनका लागि कोलम्बिया प्रवेश गरेका हुन् । दुई देश बिचको सिमाना हिजो पुन: खोलिए पछी भेनेजुएलियन जनताको भिड समुन्द्रको  छाल जस्तै कोलम्बिया पसेको थियो ।  दिनभर जस्तो कोलम्बिया र भेनेजुएला जोड्ने २ वटा अन्तर्राष्ट्रिय पुलहरुमा भेनेजुएलियन जनताको भिड थियो । आफ्नो काँधमा काखे बालक च्यापेर कोलम्बियन अधिकारीहरुको कागज पत्र जांच प्रकृयाका लागि घण्टौंसम्म भेनेजुएलियन जनता पुलमाथि लामबद्ध थिए । समुन्द्रको छाल जस्तो ओईरिएको मान्छेको भिड ब्यबस्थापनाको लागि हरियो रङको लुगा लगाएका भेनेजुएलियन सिमा प्रहरीले सघाएका थिए ।  

बिपक्षी राजनीतिक दलले खाना औषधी लगायतका अत्यावस्यक सामाग्री भेनेजुएला पठाएको भन्दै गत फेब्रुअरीदेखि ब्राजिल  कोलम्बिया लगायत अरुबा, बोनाईर र कुराकाओ टापुहरुसँगको सिमाना  बन्द गरिएको थियो ।  

गत जनबरीदेखि शुरु भएको राजनीतिक द्वन्द पछी कुनै समयको इन्धनका लागि अत्याधिक धनी भनिने राष्ट्र भेनेजुएला अहिले दैनिक जीवनसँग सम्बन्धित अत्यावस्यक सामाग्रीका लागि समेत छटपटाई रहेको छ । झण्डै ४० लाख भेनेजुएलियन जनताले पछिल्लो समय देश छोडिसकेका छन्   

शनिबार नै यु एन एच् सि आरको बिशेष दुतको रुपमा हलीउड नायिका एन्जेलिना जोली पनि भेनेजुएला पुगेकी छिन् । उनी छिमेकी कोलम्बियाका राष्ट्रपति ईभान डुकलाई भेटेर भेनेजुलास्थित आप्रबासी र शरणार्थीहरुको अवस्था बुझ्न भेनेजुएला गएको बताईएको छ ।

एजेन्सी ।