फिचर

लकडाउनपछि विभिन्न स्थानमा पुगेका पर्यटक अलपत्र

काठमाडौं । नेपालले मंगलबारबाट लकडाउन घोषणा गरेको छ । यससँगै देश अहिले ठप्प बनेको छ । यातायात तथा अन्य सेवा बन्द भएका छन् । यसको मारमा विभिन्न स्थानमा पुगेका पर्यटक समेत परेका छन् ।

लुक्लामा ११९ पर्यटक अलपत्र परेको त्यहाँबाट नेपाली गाइड रमेश तामांगले जानकारी दिएका छन् ।

उनका अनुसार सगरमाथा पदयात्रा मार्गमा पदयात्रमा निस्किएका ३ सय भन्दा बढी पदयात्री अलपत्र छन । त्यसमध्ये लुक्लामा मात्र ११९ जना बिदेशी पदयात्री अलपत्र परेका हुन् । उनीहरुलाई घर फर्काउन पहल गर्न पर्यटकले आग्रह गरिरहेका छन् ।

उता, मनास्लु क्षेत्रमा समेत करीव एक दर्जन पर्यटक तथा उनीहरुका सहयोगी अलपत्र परेको ट्रेकिंग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले जानकारी दिएको छ ।

पोखरा तथा अन्नपूर्ण क्षेत्रमा समेत केही पर्यटक अलपत्र परेका छन् । सरकारले लकडाउन घोषणा गर्नु अगाडी हिँडडुल र हवाई यातायात सामान्य भएपनि अहिल सबै बन्द छन् ।