स्वास्थ्य

बेलायती प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पाइएको छ ।

उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा एक भिडियो पोष्ट गर्दै उक्त कुराको पुष्टी गरेका हुन् ।

भिडियोमा प्रधानमन्त्रीले पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी समेत लागेको उल्लेख गरेका छन् ।

उनले मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ भेटिएको समेत बताए ।

आफूले घरबाटै काम गरिरहेको समेत उनले बताएका छन् । संक्रमणको पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बसेका छन् ।

बेलायतमा अहिलेसम्म करिब १२ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बेलायतमा ५ सय ७८ जनाको ज्यान गइसकेको छ ।