समाचार

लकडाउन उल्लंघनविरुद्ध प्रहरीको कडाई

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरु विरुद्ध प्रहरीले कडाई थालेको छ ।

कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कडाई थालेको हो । शनिबार एकाबिहानै प्रहरीले उपत्यकाबाट करीव १ सय ५० जनालाई पक्राउ गरेको छ ।

उनीहरु लकडाउन उल्लंघन गर्दै सडकमा हिँडिरहेका थिए । प्रहरीले अति आवश्यक काम नपरेसम्म सडकमा ननिस्कन आग्रह गरेको छ ।

तर, सर्वसाधारण भने अझै पनि अटेरी गरिरहेका छन् । शुक्रबार नेपालमा कोरोनाको चौथो संक्रमित फेला परिसकेका छन् ।

संक्रमण फैन नदिन सरकारले मानिसलाई घर भित्रै बस्न आग्रह गरेको छ । मंगलबारदेखि नेपालमा लकडाउन शुरु भएको हो । आज लकडाउनको पाँचौ दिन हो ।