फिचर

अस्पतालबाट डिस्चार्ज भए मोक्तान

न्युयोर्क /अमेरिका

कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका भिडियोग्राफर शम्भु मोक्तानको स्वास्थ्यमा सुधार देखिएपछि आईतबार बिहानअस्पतालबाट डिस्चार्ज भएका छन् कोरोनाको संक्रमणको लक्षण देखिएपछि उनी झण्डै एक साता अघि ज्याक्सन हाईटस्थित एल्मर्स्टअस्पताल भर्ना भएका थिए । उपचारपछि आफु कोरोनाभाईरस जोखिम मुक्त भएको उनले बताएका छन् ।

मोक्तानले शनिवार साँझ फेसबुक स्टाटस लेख्दै आफु जोखिम मुक्त भएको बताएका छन् उनले आफ्नो स्वास्थ लाभको कामना गर्नेसबैप्रति धन्यवाद दिदैं सबैको माया सद्भाबले गर्दा नै रोगलाई जित्नसक्ने हिम्मत मिलेको बताएका छन्   मोक्तानले पुर्ण रुपमा ठिकभएर आफ्ना अनुभवहरु  शेयर गर्ने जनाएका छन् । यस अघि उनले अस्पतालको शैयाबाट आफु कोरोना संक्रमित भएको खुलासा गर्दैअन्यलाई पनि रोग नलुकाउन सतर्क रहन अपिल गरेका थिए

मोक्तान न्युयोर्क आसपासमा नेपाली समुदाय बीचमा चर्चित भिडियोग्राफर हुन उनले ज्याक्सनहाइटमामोक्तान डिजिटलसञ्चालनगर्दै आएका छन्