समाचार

अख्तियारलाई कांग्रेसको स्मृति पत्र : संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु हुन्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको समयमा हुन सक्ने सम्भावित अनियमितताका काममा सतर्क हन सचेत गराएको छ ।

कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले मंगलबार अख्तियारका नाममा टुइटरमार्फत एक स्मृति पत्र लेखेका छन् । छोटो यस पत्रमा उनले संकटको बेलामा सहयोग गर्नु सबै दलको दायित्व भएको बताएका छन्।

तर, संकटका नाममा भ्रष्टाचारले भने उन्मुक्ति पाउन नहुने उनको भनाई छ । कोरोना रोकथाम गर्न चीनबाट ल्याएको स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आरोप सरकारमाथि लागेको छ ।

यसै सन्दर्भमा कांग्रेसले यस्तो सचेत गराएको हो ।

यस्तो छ कांग्रेसको पत्र :

‘अख्तियारलाई स्मृति पत्र, संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्वु,  तर साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण। अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्‍न’

सरकारले भने यस खरीदमा अनियमितता नभएको स्पष्ट पारेको छ ।