स्वास्थ्य

बाल अस्पताल खोल्दै डा. भगवान कोइराला

काठमाडौै । १८ वर्ष मुनीका बालबालिकाको सबै रोगको उपचार एकै अस्पतालमा हुने सेवासहितको बाल अस्पताल स्थापनामा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला लागेका छन् ।

सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी डा कोइरालाले आफ्नो अवधारणा सार्वजनिक गरे । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ उनको सक्रियतामा स्थापना भएको संस्था हो ।

यसै संस्थामार्फत गैरनाफामुलक बालअस्पताल स्थापनाको अवधारणा सार्वजनिक गरिएको हो । संस्थाले दाताहरुबाट रकम संकलन गरी अस्पताल बनाउने छ ।

करीव २ अर्ब लगानी अनुमान गरिएको यो अस्पतालका लागि लगानी आह्वान नगर्दै झन्डै १ करोड रुपैयाँ संकलन भइसकेको डाक्टर कोइरालाले जानकारी दिए ।
सन् २०२२ सम्ममा गुणस्तरीय र बहुविशेषताको बाल अस्पताल सञ्चालन हुने बताइएको छ । राजधानीमा सय शैयाको अस्पताल निर्माणको योजना छ ।

राजधानीपछि सातै वटा प्रदेशमा कम्तीमा ५० शैयाको अस्पताल स्थापनाको लक्ष्य रहेको उनले सुनाए ।