समाचार

नेकपा नेतृत्वले सांसदसँग छलफल थाल्यो

काठमाडौं । नेकपा नेतृत्वले आफ्ना सांसदहरुसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसदका सांसदसँग छलफल थालेका हुन् ।

सरकारले दुई दिन ल्याएको दुई अध्यादेशपछि स्वयमः नेकपा भित्रैबाट यसको आलोचना भइरहेको बेला नेतृत्वले सांसदहरुसँग छलफल गर्न लागेको हो । कोरोना संक्रमणविरुद्ध सरकारले गरिरहेको काम र पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेतृत्वले सांसदसँग छलफल गर्ने भएको हो । प्रधानमन्त्री र पार्टी अध्यक्षले सांसदहरुसँग छलफल गरेका हुन् ।

सांसदहरुका गुनासा सुन्ने र पछिल्लो अवस्थाबारे जानकारी गराउने उद्देश्यले सांसदहरुसँग छलफल गर्न लागिएको नेकपाले जनाएको छ । अलग अलग प्रदेशबाट सांसदहरुलाई बालुवाटार बोलाइएको छ ।

प्रधामनन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङसहतिका नेता पनि सांसदसँगको छलपलमा सहभागी भएका छन् ।