फिचर

कोरोना संक्रमितलाई लोकसेवाले परीक्षामा रोक लगाउन नपाउने

काठमाडौं । लोकसेवा आयोगले उत्तरपुस्तिकाबाट कोरोना भाइरस सर्ने भन्दै संक्रमित परीक्षार्थीले परिक्षामा भाग लिन नपाउने निर्णय गरेको थियो । यो निर्णय खारेज गर्न र सुरक्षित तरिकाले जाँच दिन पाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले संक्रमितको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

महामारीको अवस्थामा थुप्रै परीक्षार्थी प्रतिस्पर्धाबाट बञ्चित हुने भन्दै संक्रमित परीक्षार्थीलाई परीक्षा केन्द्रको पृथक स्थानमा राखेर सुरक्षित तरिकाले जाँच लिने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरिपाउँ भनि शैलेन्द्रप्रसादसहितले रिट दिएका हुन् । सर्वोच्चले यो विषयलाई लिखित जवाफमार्फत स्पष्ट पार्न आयोगलाई १५ दिनको समय दिएको छ ।


सर्वोच्चले आयोगबाट जारी मापदण्डमा कोरोना संक्रमितलाई परीक्षामा नरोक्न भन्दै सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिन आदेश गरेको छ ।

‘स्वघोषित संक्रमित व्यक्तिहरूलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्नू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) क बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ। आदेशको कार्यान्वयनका लागि यसको जानकारी महान्यायाधीवक्ताको कार्यालयमार्फत् विपक्षीलाई दिनू,’ सर्वोच्चको आदेशमा उल्लेख छ ।