स्वास्थ्य

दशैं बिदामा घर पुगेका सैनिकको करेन्ट लागेर मृत्यु

तेह्रथुम । दशैं बिदामा घर पुगेका एक जना सैनिकको करेन्ट लागेर ज्यान गएको छ । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर सैनिक जवानको ज्यान गएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको बिहीबार साँझ करेन्ट लागेर ज्यान गएको हो।

आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ मृत्यु भएको हो ।