स्वास्थ्य

नेकपा नेता शर्मा दम्पत्तिलाई कोरोना

काठमाडौं । नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र उनकी पत्नी लक्ष्मी शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको उनी स्वयमले पुटी गरेका छन् ।

हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पुष्टी भएको उनले जानकारी दिएका छन् । उनले केही दिनयता आफ्नो सम्पर्कमा आएकालाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन आग्रह गरेका छन् ।

उनी होम आइसोलेसनमा बस्ने भएका छन् । उनका भाइ तथा नेकपाका युवा नेता अनिल शर्मामा पनि कोरोना संक्रमण देखिएको छ ।