विश्व

चिनियाँ रक्षामन्त्री आइतबार नेपाल भ्रमणमा आउने

काठमाडौं । चिनियाँ रक्षामन्त्री आइतबार नेपाल भ्रमणमा आउने निश्चित भएको छ । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहीको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो । नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाटको कार्यक्रम राखिएको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापासँग समेत उनको औपचारिक भेटघाटको कार्यक्रम छ । उनी आइतबार नै बंगलादेश जाने छन् । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले दुई दिने नेपाल भ्रमण गरी शुक्रबार नै फर्केका हुन् । यससँगै चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने भएका हुन् ।