फिचर

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाका दौरान नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुन लागेको हो ।


वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने प्रावधान छ । अहिले वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने भएका छन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् ।

महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव हुनेछ । मतदान बिहान आठ बजेदेखि सुरु भएको छ ।

महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुनेछ । महासंघको ५४ औं साधारणसभा ११ मंसिरदेखि सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट साधारणसभा उदघाटन गरेका हुन् ।