अर्थतन्त्र

युनाईटेड इदी–मर्दीको आईपीओ बाँडफाँड, ४ लाख ६० हजारको हात रित्तो

काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले बिक्रीमा ल्याएको आईपीओ आज आइतबार बाँडफाँड भएको छ।

युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमलमा आज भएको बाँडफाँट अनुसार गोलाप्रथाबाट भाग्यमानी ८१ हजार २७३ हजाले १० कित्ताका दरले सेयर पाएका छन् भने ४ लाख ५९ हजार ९८९ जनाको हात रित्तो भएको छ ।

कम्पनीको आइपीओमा कुल ५ लाख ४१ हजार २८३ जनाले आवेदन दिएका थिए । सोमध्ये ८८३ हजार रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले मंसिर ३ गतेदेखि ८ करोड ७३ लाख ९१ हजार रुपैयाँ बराबरको ८ लाख ७३ हजार ९१० कित्ता आइपीओमा निष्काशन गरेको थियो ।

निष्काशित हुने कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयरमध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी ८ लाख १२ हजार ७३६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिएका थिए।

कम्पनीले हाल कास्कीमा ७ मेगावाटको अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ ।