फिचर

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । आइतबारको पहिलो कार्यसमितिमा सहमतिबाट कोषाध्यक्ष छानिने प्रस्तावमा सहमति नभएपछि सोमाबार निर्वाचन गरिएको हो ।

महासंघमा भएको निर्वाचनमा हिराचनले उनका प्रतिद्वन्द्वी डीबी बस्नेतलाई ९ मतले पराजित गरे । हिराचनले ४० मत प्राप्त गरे भने बस्नेतले ३१ मत प्राप्त गरे । महासंघको विधानअनुसार कोषाध्यक्ष कार्यसमितिमध्येबाट छानिने व्यवस्था छ ।

बस्नेतले ढकाल समूहबाट महासंघको जिल्लानगरतर्फको कार्यकापिरणी सदस्यमा विजयी भएका थिए । उनले ५८ मत ल्याएर विजयी भएका थिए । यस्तै हिराचनले पनि प्रधान प्यालनको वस्तुगततर्फको कार्यकारिणी समतिमा विजयी भएका हुन् । उनले पनि ५५ मत प्राप्त गरेर विजयी भएका थिए ।

कोषाध्यक्षमा निर्वाचित हिराचन महासंघमा तीन कार्यकाल कार्यकारिणी सदस्य भएर काम गरेका छन् । उनी निर्माण व्यवसायी हुन् ।