समाचार

'कसैलाई छटपटी लाग्छ भने लागोस् साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गरिने बताएका छन्। रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला, छटपटी लाग्ला तर साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’

सरकारले वृद्धवृद्धालाई हेर्न थालेको सुन्दा मान्छेहरूलाई अर्को छटपटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस्,’ उनले भने।