फिचर

नेपाल आर्मी क्लवले श्रीलंका पुलिस क्लव विरुद्ध ५ गोल गर्यो

काठमाडौं । नेपाल आर्मी क्लव एएफसी कप २०२१ को प्रारम्भिक छनोट पार गर्न सफल भएको छ । आज दशरथ रंगशालामा श्रीलंका पुलिस क्लवमाथि फराकिलो जित निकाल्दै त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो ।

एक गोलले पछि परेको स्थिति उल्टाउँदै आर्मीले श्रीलंकन टिमको पोष्टमा ५ गोल गर्न सफल भयो । पहिलो हाफमा २–१ ले अगाडी रहेको आर्मीले दोस्रो हाफमा ३ गोल थपेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई , सन्तोष तामाङ, टंकबहादुर बस्नेत र सुदिल राईले एक–एक गोल गरेका छन् ।


जितसँगै दोस्रो चरणमा पुगेको आर्मीले भारतको बेंगलुरु एफसीसँग अप्रिल १४ मा खेल्ने भएको छ । यो क्लवको कप्तान सुनिल क्षेत्री हुन् । उनी भारतीय राष्ट्रिय टीमका समेत कप्तान छन् ।


दोस्रो राउण्डको विजेता दुई टिमबीच २१ अप्रिलमा प्लेअफ हुनेछ र त्यसमा पनि विजेता बनेमा एएफसी कप २०२१ को दक्षिण एसियाली समूहमा छनोट हुनेछ । त्यस समुहमा अहिले भारतको मोहन बगान, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजिया पुगिसकेका छन् ।