फिचर

त्रिदेशीय टी-२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको टीम नेपाल आए

काठमाडौं । नेपालमा संचालन हुने त्रिदेशीय टी–२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेका छन् । नेपालमा वैशाख चार गतेबाट नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको टी–२० शृङ्खला हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा संचालन हुनेछ । दुवै मुलुकको राष्ट्रिय टीम मङ्गलवार बिहान नेपाल आएको हो ।

त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घको टोलीले उनीहरुलाई स्वागत गरेको हो । नेपाल आएका खेलाडीको पिसिआर परीक्षण गरिने छ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु मैदान छिर्न पाउनेछन् । त्यसअगाडी होटेलमा बस्नु पर्नेछ । शृङ्खला अन्तर्गत पहिलो खेल वैशाख चार गते नै हुनेछ । उक्त खेलमा नेपाल र नेदरल्याण्ड्स भिड्नेछन् । कोरोना महामारीपछि पहिलो पटक नेपाल अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो ।