खेलकुद

लयमा फर्किए ग्रिजम्यान, बार्सिलोनाको जित

काठमाडौं\एजेन्सी । भिल्ला रियलमाथि पुनरागमन जित दर्ता गर्दै स्पेनिस लालिगामा बार्सिलोना उपाधी दावेदारी कायम राखेको छ । एन्टोनी ग्रिजम्यान चम्किएको खेलमा बार्सिलोनाले गत राती भिल्ला रियललाई २–१ गोल अन्तरले हरायो । बार्सिलोनाको जितमा दुबै गोल ग्रिजम्यानले गरेका थिए । खेलको २६औँ मिनेटमा स्यामुएल चुकउन्जेको गोलबाट घरेलु टोलीले अग्रता लिएको हो । त्यसको दुई मिनेटमै बार्सिलोना ग्रिजम्यानको गोलबाट खेलमा फर्कियो ।

खेलको ३५औँ मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरे । सोही गोल निर्णायक बन्न पुग्यो । किनकी त्यसपछि दुबै पक्षले गोल गर्न सकेनन् । जितपछि बार्सिलोना अंक तालीकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक रहेको रियल मड्रिड तेस्रो स्थानमा छ । दुवै टिमसँग ७१ अंक रहेको छ । शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँग ७३ अंक रहेको छ ।