फिचर

नेपालले आगामी महिना शक्तिशाली टोली इराकसँग फुटबल खेल्ने

काठमाडौं । नेपालले आगामी महिना इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसको पुष्टी गरेको छ । इराक शक्तिशाली मुलुक हो । उसले एसियन कपको उपाधि जितिसकेको छ । नेपाल र इराकबीच मे २९ मा मैत्रीपूर्ण फुटबल खेल्ने निश्चित भएको एन्फाले जनाएको छ । खेल मे २९ मा बास्रा इन्टरनेशनल स्टेडियममा नेपाल र इराक खेल्ने भएका हुन् ।

नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आएसँगै नेपालले पहिलो खेल खेल्न लागेको हो । नेपाल र इराक विश्वकप र एसिया कप छनोटका प्रतियोगिताहरुमा भिडिरहेका छन् । यी खेलले दुबै टोलीको मनाबल उकास्न सहयोग गर्नेछ । फिफा बरियतामा इराक ६८औं स्थानमा छ । नेपाल १७१औं स्थानमा रहेको छ ।