स्वास्थ्य

किर्गिस्तान र ताजिकिस्तान सीमामा पानीको विषयमा झडप, कम्तिमा ३१ जनाको मृत्यु

File Photo : AFP\TET

काठमाडौं, एजेन्सी । किर्गिस्तान र ताजिकिस्तानको एक विवादित सीमानामा भएको हिंसात्मक झडपमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । घटनामा सयौं मानिस घाइते भएको र हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले लेखेको छ । यहाँ बुभबार झडप भएको हो ।

दुबै मुलुकका नागरिकले एक अर्कालाई ढुंगा हान्न थालेको र त्यसक्रममा झपडको अवस्था सिर्जना भएको बताइएको छ । यहाँ पानीको मुहानका विषयलाई लिएर झडप भएको बताइएको छ । मुहानमा सीसीटीभी क्यामरा हटाउने सहमति पछि दुबै पक्षबीच शान्त वातावरण बनेको थियो ।

तर, लगत्तै हिंसा शुरु भएको बताइएको छ । यहाँ गोली समेत चलेको छ । किर्गिस्तानका स्वास्थ्य मन्त्री अलीज़ा सोल्टनबिकोवाले टेलिभिजनबाट एक सन्देश जारी गर्दै ३१ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएको पुष्टी गरेका छन् । किर्गिस्तान सरकारका अनुसार मृत्यु हुनेमा एक बच्चा समेत छन् ।

ताजिकिस्तानले भने अझै आंकडा सार्वजनिक गरेको छैन । झडपपछि घरहरुमा आगजनी गरिएको थियो । किर्गिस्तानका बाटकन प्रान्तका गभर्नरले दुबै देश सीसीटीसी क्यामरा हटाउन सहमति भएको र पछि ताजिकिस्तान सम्झौताबाट पछि हट्दा दुर्घटना भएको बताएका छन् । स्थानीय बीचको झडपपछि घटनामा सुरक्षाकर्मी समेत सामेल भएका थिए