खेलकुद

आइपीएल : मुम्बईले चेन्नईलाई हरायो

Photo Source: IPL/BCCI

मुम्बई । जारी इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध ४ विकेटको जित निकालेको छ । चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै भेटायो । मुम्बईका लागि केरन पोलार्डले ३४ बलमा नटआउट ८७ रन बनाए ।

क्वेंटन डिककले ३८ रन बनाए । कप्तान रोहित शर्माले ३५ रनको योगदान गरे । चेन्नईका बलर साम कुरानले ३ विकेट लिए । श्रदुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै २१८ रन बनाएको हो ।

चेन्नईका लागि अम्बाती रायाडूले सर्बाधिक अविजित २७ बलमा ७२ रन जोडे । मोइन अलीले ३६ बलमा ५८ रन बनाए । फाफ डुप्लेसिसले २८ बलमा ५० रन बनाए । जितपछि मुम्बई इण्डियन्सले आफ्नो ७ खेलमा चौथो जित निकाल्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । चेन्नई ७ खेलबाट ५ जित दुई हारसहित शिर्ष स्थानमा कायम छ ।