फिचर

एक महिनामा वैदेशिक रोजगारीमा ३२ हजार १४२ विदेशीय

काठमाडौं । कोरोना महामारीका बीच मुलुकमा रोजगारीको अवसर नहुँदा पुनः विदेश जाने नेपालीको संख्या बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनसार चैत २०७७ मा मात्र ७३ देशमा कुल ३२ हजार १४२ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । यसमध्ये दुई हजार १०७ महिला छन् । फागुनमा १९ हजार ८०८ जनाले श्रम स्वीकृति लिएको तथ्यांक रहेको छ ।

चैतमा श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या फागुनको भन्दा १२ हजार २९९ बढी पाइएको छ । श्रम स्वीकृति लिएर जाने नेपालीका श्रम गन्तव्य मुलुक, साउदी अरब, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत, जापानलगायत मुलुक रहेका छन् । वैशाखपछि भने नेपाल र विदेशमा भने पुनः समस्या शुरु भएको छ । अन्तर्राष्ट्रिय हवाई उडान र श्रम स्वीकृति खुला राखेका कारण अहिले पनि नेपाली विदेश जान र फर्कन भने सक्छन् ।