फिचर

झिनो अंकले बढ्यो नेप्से, धेरै कमाउनेमा १० कम्पनीका लगानीकर्ता

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । मंगलबार नेप्से १.९४ अकले बढेर २६५४.६९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१३ कम्पनीको ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँ बराबरको १ करोड, ३० लाख १५ हजार १८३ कित्ता शेयर किनबेच भएका छन् ।

आइतबार कारोबारमा आएका १३ समूह मध्ये ६ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ७ वटाको परिसूचक घटेको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १३७.८२ अंकले बढेको छ भने जीवन बीमा समूह ६४.२३ अंकले घटेको छ ।

आज एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण काबेली २१ करोड र ग्रामीण विकास लघुवित्त १६ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

झिनो सुधार आएको बजारमा आज ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समता घरेलु र महिला लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, विशाल बजार, सपोर्ट माइक्रोफाइनान्स, राधि जलविद्युत् कम्पनी, सिंगटी हाइडो इनर्जी, रुरु जलविद्युत्, युनाइटेड मोदी हाइडोपावर र पञ्चकन्या माइ हाइडोपावरका शेयरधनीले १० प्रतिशत कमाएका छन् । बढ्दो बजारमा आज चन्द्रागिरी हिल्सका शेयरधनीले सबैभन्दा धेरै १.९८ प्रतिशत गुमाएका छन् ।