विश्व

लगातार तेस्रो कार्यकालका लागि मूख्यमन्त्रीको सपथ लिँदै ममता वनर्जी

Photo : PTI

कोलकाता । भारतीय जनता पार्टीलाई नराम्रोसँग हराएकी टीएमसी अध्यक्ष ममता वनर्जीले पश्चिम बंगाल राज्यको मूख्यमन्त्री पदमा तेस्रो पटक सपथ लिँदैछिन् । आज भारतीय समय अनुसार १० बजेर ४५ मिनेटमा उनले मूख्यमन्त्री पदको सपथ लिने कार्यक्रम तय भएको भारतीय संचारमाध्यमले जनाएका छन् । राज्यपाल जगदीप धनखड़ले उनलाई राजभवनमा सपथ खुवाउने छन् ।

विधानसभा चुनावमा आफु पराजित भएपनि उनले पार्टीलाई दुई तिहाई बहुमतले जिताएकी छिन् । उनको सथप ग्रहण समारोहमा सिमित मानिसमात्र सहभागी हुने बताइएको छ । कार्यक्रममा बीसीसीआईका अध्यक्ष सौरव गांगुली, टीएमसीका महासचिव पार्थ चटर्जी , वरिष्ठ नेता सुब्रत मुखर्जी, राज्यका पूर्वमुख्यमंत्री बुद्धदेव भट्टाचार्यलाई बोलाइएको छ ।

साथै पश्चिम बंगालका अन्य पार्टीका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ । शपथ ग्रहणपछि ममता नबन्ना पुग्ने छिन् । त्यहाँ उनलाई गार्ड अफ अनर दिइने छ । पश्चिम बंगाल विधानसभा चुनावमा कुल २९३ सीटमध्ये २१३ सीटमा जित निकाल्दै उनको पार्टीले अत्यधिक महुमत ल्याएको हो । यद्दपी उनी स्वयमः भने पराजित भएकी छिन् ।