समाचार

भारतबाट फर्कने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा, दैनिक खर्च तीन हजार

काठमाडौं । सातामा दुई फ्लाइटमार्फत् भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनबा बस्न सरकारले ८ वटा होटेल तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार क्वारेन्टिनका लागि ८ वटा होटलको नाम सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार विमानस्थलबाट ओर्लिएपछि उनीहरूलाई सीधै होटेलकोक्वारेन्टिनमा लगिने छ।

ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम,रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट होटेल, भक्तपुरको ए वान रिसोर्ट, फार्म हाउस रिसोर्टलाई तोकिएको छ।

क्वारेन्टिनमा बस्दा जम्मा तीन हजार रूपैयाँ खर्च हुने भएको छ। ती होटलले भ्याट र सेवा शुल्कसहित यात्रुबाट पिकअप/ ड्रप, ब्रेकफास्ट, लञ्च र डिनरका लागि दैनिक बढीमा तीन हजार मात्र लिन पाउनेछन्। यसभन्दा बढी लिएमा कारबाही गर्ने मन्त्रालयले जानकारी दिएको छ।