फिचर

१७ असारबाट कतारको पुरानो नोट नचल्ने, छिट्टै साट्न दूतावासले गरायो सचेत

काठमाडौं । कतारमा आगामी असार १७ गतेबाट पुरानो संस्करणको कतारी नोट नचल्ने निश्चित भएको छ । कतारको केन्द्रीय बैंकले पाँचौँ संस्करणको नयाँ कतारी रियाल बैंक नोटहरू प्रचलनमा ल्याएको कारण अहिले प्रचलनमा रहेको चौथौँ संस्करणको पुराना कतारी रियाल आउँदो असार १७ गतेपछि नचल्ने भएको हो । पुराना नोट सटही या उपयोग गर्न कतारमा कार्यरत सबै नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले सचेत गराएको छ ।

आफूसँग भएका चौथौँ संस्करणको पुराना नोटहरू १ जुलाई अर्थात् आउँदो असार १७ भित्र उपयोग गर्न या नयाँ संस्करणको नोट साट्न सकिने भएको हो । यसअघि नेपाल राष्ट्र बैंकले समेत नेपालका रहेका यस्ता नोट साट्न आग्रह गरेको थियो । अब कतारमा रहेका नेपालीले मात्र सटही सुविधा लिन सक्नेछन् ।