फिचर

दोहोरो अंकले घट्यो नेप्से, कारोबार ६ अर्ब ८१ करोड माथि

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको अन्तिमदिन विहिबार नेप्से १२.४७ अकले घटेको २६३७.१३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ बराबरको १ करोड, ५९ लाख ८० हजार ८१५ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये ३ वटाको परिसूचकमा हरियाली छाएको छ । भने १० वटाको परिसूचक घटेको छ ।

बैंकिड समूह सबैभन्दा धेरै ७.११ अंकले बढेको छ भने जीवन बीमा समूह २३९.३३ अंकले घटेको छ ।

कारोबारमा आएका २१६ कम्पनीमध्ये ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एचआडीसीएलको सर्वाधिक कारोबार भएको छ । यसको ४६ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनसीसी बैंक ४२ करोड र लक्ष्मी बैंक २२ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जनउत्थान लघुवित्त र खानीखोला हाइडोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, महिला लघुवित्त, समता घरेलु लघुवित्त, रुरु जलविद्युत्, युनियन हाइडोपावर, र जोशी हाइडोपावरका शेयर धनीले १० प्रतिशत कमाएका छन् ।