विश्व

माल्दिभ्समा बम विष्फोटमा परि पूर्वराष्ट्रपति घाइते, उपचार जारी

File Photo : marketshockers.com

माले । मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिदलाई लक्षित गरि बम विष्फोट भएको छ । राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार जारी छ । माल्दिभ्स प्रहरीले यसको पुष्टी गरेको छ । राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीको भनाई छ ।

विहीबार साँझ उनको कार नजिकै विष्फोट भएको हो । प्रहरीका अनुसार विष्फोट कसले किन गरायो भन्ने खुलेको छैन । घटनास्थल प्रहरीको घेरामा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।