खेलकुद

बार्सिलोना र एट्लेटिको मड्रिड बराबरी खेले, उपाधी भिडन्त झनै रोमाञ्चक

Getty Images

काठमाडौं । स्पेनिस ला लिगामा उपाधी भिडन्त रोमाञ्चक मोडमा पुगेको छ । खेल अगाडी तेस्रो स्थानमा रहेको बार्सिलोना र शीर्ष स्थानको एट्लेटिको मड्रिडले बराबरी खेले । यो खेल जितेको भए बार्सिलोनालाई उपाधी यात्रा सहज हुने थियो । गएराति भएको खेलमा एट्लेटिको मड्रिड गोलरहित बराबरी खेलेका हुन् । बराबरीपछि शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक भएको छ ।

बार्सिलोना दोस्रो स्थानमा उक्लियो । उसको अब ७५ अंक बनेको छ । एक खेल कम खेलेको रियल मड्रिडसँग ७४ अंक भएको छ । दुई टिमले बराबरी खेल्दा फाइदा रियल मड्रिडलाई भएको हो । अब रियलले चार र अन्य टोलीले तीन तीन खेल खेल्नुपर्नेछ । हरेक खेल उपाधी होडमा रहेका टोलीलाई फाइनल सरह हुनेछन् ।