विज्ञान प्रविधि

भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने 'खोप ल्याउन सहजीकरण गरिदिनुहोस'

Photo Source : The Kathmandu Post

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतसँग नेपालमा कोरोना भाइरस विरुद्धको खोप निर्यात सहजिकरण गर्न आग्रह गरेका छन् । उनले बुधबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटका क्रममा यस्तो आग्रह गरेका हुन् । उपप्रधानमन्त्री महासेठलाई बधाई ज्ञापन गर्न पुगेका राजदूतसँग उनले कोरोना विरुद्धको खोप ल्याउन सहजीकरणका लागि आग्रह गरेका छन् ।


भेटमा भारतीय राजदूत क्वात्राले महासेठलाई परराष्ट्रमन्त्री बनेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरको बधाई सन्देश सुनाएका थिए । परराष्ट्र मन्त्रालयले खोपका सम्बन्धमा राजदूतले के भन्ने बारे चाँही खुलाएको छैन । मन्त्रालयका अनुसार सो अवसरमा खोप आपूर्तिसहित विभिन्न आपसी हितका विषयमा छलफल भएको छ ।