खेलकुद

यूरोकप : इटलीको विजयी शुरुवात, आज तीन खेल

रोम । युरोकप फुटबलमा इटलीले विजयी शुरुवात गरेको छ । शुक्रबार राती सम्पन्न उद्घाटन खेलमा इटलीले टर्कीमाथि ३–० गोल अन्तरको जित निकालेको हो । टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेका थिए भने इटलीका लागि इमोबाइल र लोरेन्जोले एक, एक गोल गरे ।

युरोकप फुटबलमा आज भने तीन वटा खेल हुँदैछन् । नेपाली समय अनुसार साँझ पौने ७ बजे वेल्स र स्विजरल्याण्डबीच खेल हुनेछ । राति पौने १० बजे डेनमार्क र फिनल्याण्ड भिड्ने छन् । बेल्जियम र रुसको खेल राति पौने १ बजे सुरु हुने तालीका छ ।