खेलकुद

कोपा अमेरिका : ब्राजिल र कोलम्बियाको विजयी शुरुवात

Photo source : CBS sports

काठमाडौं\एजेन्सी । आजबाट शुरु भएको कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिल र कोलम्बियाले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३\० गोल अन्तरले हराएको हो । नेपाली समय अनुसार आइतबार राती भएको खेलमा ब्राजिलका मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरेका छन् ।

सोमबार बिहान भएको अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई हराएको छ । समूह ए अन्तर्गत खेलमा कोलम्बियाले इक्वेडरलाई १\० गोल अन्तरले हराएको हो । पहिलो हाफको ४२ औं मिनेटमा कोलम्बियाका एडविन कारडोनाले गरेको गोल निर्णायक बनेको हो ।

प्रतियोगिता अन्तरगत आज नेपाली समय अनुसार रातको पौने तीन बजे अर्जेन्टिना र चिली भिड्दैछन् । मंगलबार बिहान पौने पाँच बजे पाराग्वे र बोलिभियाबीच खेल हुने छ ।