फिचर

सरकारले तोक्यो कर तिर्ने म्याद

काठमाडौं । सरकारले निषेधाज्ञाको समयमा कर तिर्न नसकेका करदातालाई कर तिर्न समय तोकेको छ । अब सबै प्रकारका करहरु असार २५ गतेसम्म तिरिसक्नु पर्छ । आज आन्तरिक राजस्व विभागले कर तिर्ने म्याद तोक्दै सूचना जारी गरेको छ । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गर्नुपर्छ ।

२०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्ने गरि समय तोकिएको छ । २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असार राखिएको छ । २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको छ ।