खेलकुद

कोपा अमेरिका : प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

Photo Source : CBS sport

काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत दुई दक्षिण अमरिकी बलिया टोली अर्जेन्टिना र उरुग्वेबीचको भिडन्तमा अर्जेन्टिना विजयी भएको छ । प्रतियोगिताको यो खेल चिलिसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा भने महत्वपूर्ण जित निकालेको हो । खेल शनिबार विहान सम्पन्न भएको छ । अर्जेन्टिनाले उरुग्वेमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो ।

अर्जेन्टिनाका लागि १३ औं मिनेटमा रोद्रिगेजले गरेको गोल नै निर्णायक बन्यो । कप्तान लियोनल मेसीको उत्कृष्ट पासमा उनले हेड गोल गरेका हुन् । जितपछि अर्जेन्टिना समूह एमा चार अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। आजै भएको अर्को खेललमा चिलीले बोलिभियालाई १-० गोलले हराएको छ ।