फिचर

अमेरिकाले प्रतिवन्ध लगाएका रइसी बने इरानका नयाँ राष्ट्रपति

WANA (West Asia News Agency) via REUTERS

तेहरान । कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति बनेका छन् । उनलाई अमेरिकाले प्रतिवन्ध लगाएको छ । रइसीको पक्षमा ६२ प्रतिशत मत आएको छ । बीबीसीका अुनसार रईसी इरानका वरिष्ठ न्यायधीश समेत हुन् । रुढीवादी बिचारधाराका उनी अमेरिकाका कट्टर विरोधी मानिन्छन् । राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णय गरेको भन्दै उनीमाथि अमेरिकाले प्रतिवन्ध लगाएको हो ।

उनी यसअघि सन् २०१७ मा समेत राष्ट्रपतिमा चुनाव लडेका थिए । हसन रुहानीसँग राष्ट्रपति पदमा हारका ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्त भएका हुन् । इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति पद दोस्रो वरीयताको हो । अहिले इरानमा सर्वोच्च नेता अयोतोल्लाह अलि खमेनी छन् । रईसीले आगामी अगष्टमा कार्यभार सम्हाल्ने छन् ।