फिचर

सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पारित गरिँदै

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पारित गरिने भएको छ । सत्ता गठबन्धनको कार्यदलको मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिम रुप दिएको थियो । न्यूनतम साझा कार्यक्रमलाई पारित गर्न आज पनि कार्यदलको बैठक बस्दैछ । गठबन्धनले सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूको १४ बुँदे आचारसंहिता बनाइएको छ ।

बुधबार शीर्ष नेतासँगको परामर्शपछि साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिइने भएको छ । त्यसपछि यो कार्यक्रम सार्वजनिक हुने छ । कार्यदलले बनाएको संयुक्त सरकारका नीति र कार्यक्रममा कोभिड– १९ बाट उत्पन्न विपत्तिबाट मुक्ति, राष्ट्रिय हितको संवर्द्धन तथा संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण जस्ता विषय समेटिएका छन् । सरकारले यससँगै स्वेतपत्र र बजेटको परिमार्जनको काम समेत सँगै गर्नेछ ।