समाचार

चीनको सिचुआन प्रान्तमा ठूलो भूकम्प, क्षतिको विवरण आउँदै

सिचुआन । बिहीबार बिहान चीनको सिचुआन प्रान्तमा ६ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान साढे ४ बजे गएको भूकम्पमा परी कम्तिमा २ जनाको मृतयु भएको पुष्टी भएको छ । चिनियाँ संचार माध्यमहरुका अनुसार अहिले उद्धार र खोजी कार्य जारी रहेको छ । क्षतिको थप विवरण आउने क्रममा रहेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाले लेखे अनुसार चीनको दक्षिण पश्चिम सिचुआन प्रान्तको लुचौ नगरस्थित लुसिआन काउन्टीमा ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो ।