समाचार

आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?

काठमाडौं । सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । यस चन्द्र ग्रहणलाई शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण मानिएको छ । पछिल्लो ५८० वर्षमा पहिलोपटक लामो समयको खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । नेपाली समय अनुसार दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने भएको छ । चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिने समेत बताइएको छ ।

ज्योतिष शास्त्रमा चन्द्र ग्रहण एक महत्वपूर्ण क्षण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्ने गर्छ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको इतिहास छ ।