समाचार

निरन्तर घट्दैछ तापक्रम, हिमाली भेगमा हिमपातको सम्भावना

सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा हिउँदयाम शुरु भएसँगै तापक्रम निरन्तर घट्दैछ । शुक्रबार देशका धेरै ठाउँको मौसम बद्ली हुने र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका एक, दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना समेत देखिएको छ । वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, ण्दुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी पर्ने्छ । बिहान काठमाडौं उपत्यकामा फाट्टफुट्ट पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा आज पनि हिमपात हुने सम्भावना छ ।


अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र भोलि हिमपातको सम्भावना छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ११ दशमलव १ डिग्री सेल्सियस मापक गरिएको छ । आइतवारदेखि मौसम खुल्ने सम्भावना छ । मौसमविद्ले पर्वतारोहणमा जाँदा मौसमको अवस्थाबारे जानकारी राख्न भनेका छन् ।