खेलकुद

फ्रेन्च लिगमा मेसीले गरे पहिलो गोल, टीम विजयी

पेरिस । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि अर्जेन्टाइन स्टार नियोनल मेसीले पहिलो गोल गरेका छन् । शनिबार राती सम्पन्न खेलमा पिएसजीले नान्टेसलाई ३-१ गोल अन्तरमा हराउँदा मेसीले दुई वटा गोलमा योगदान गरे । एक गोल उनी स्वयमले गरे । अर्को गोल उनले प्रहार गरेको बल नान्टेसका डिफोन्डरको खुट्टामा लागेर गोलमा परिणत भयो । यो जितसँगै पिएसजीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ ।

पिएसजीलाई दोस्रो मिेनटमै केलियन एमबाप्पेले अग्रता दिलाएका थिए । पिएसजी दोस्रो हाफमा १० खेलाडीमा समित भएको थियो। खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएका थिए । पीएसजीका लागि ६ खेल खेल्दा शनिबार मेसीले पहिलो गोल गरेका छन् । तर, च्याम्पियन्स लिगमा भने पिएसजीका लागि गोल गरिसकेका छन् ।