समाचार

मध्यराती ओलीले घोषणा गरे एमालेका पदाधिकारी, कुन नेता कुन पदमा ?

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र आइतबार रातीभर जारी रह्यो । यसै दौरान अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरे । उनको चाहना कुनै पनि हालतमा निर्वाचन नगराउने थियो । तर, पदाधिकारीको टीममा भीम रावल असन्तुष्ट रहे । फलस्वरुप आज अध्यक्ष पदका लागि भने निर्वाचन हुने । राति अबेर शुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गरे ।

अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि भन्दै १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका छन् । जसमा उनले आफूलाई अध्यक्ष घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ छन् ।

महासचिवमा शंकर पोखरेलको नाम छ । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल छन् । सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् ।